नियम १५
सदस्यको सेवा सुविधा
ऐनको दफा १४ को उपदफा (१) को खण्ड (ज) बमोजिमको सङ्घीय भूउपयोग परिषद्को सदस्यले नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिम र ऐनको दफा १६ को उपदफा (१) को खण्ड (ग) बमोजिमको प्रदेश भूउपयोग परिषद्को सदस्यले प्रदेश सरकारले तोके बमोजिमको बैठक भत्ता र भ्रमण खर्च प्राप्त गर्नेछन्।